(सुमन थापा)

श्रावण ९ काठमाडौं- प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे ९ बजे नेपाली काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ ।

आजको बैठकमा पनि आगामी १४औं महाधिवेशनको कार्यतालिकामाथि छलफल हुने जनाइएको छ। शुक्रबारको बैठकमा पनि महाधिवेशनको कार्यतालिकामाथि छलफल भएको थियो।

शुक्रबारको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन पेश गरेका थिए। दुवै प्रतिवेदनमाथि आज छलफल हुने भएको छ।

अझै केही जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन। त्यस विषयमा पनि आजको बैठकमा छलफल हुने डा. प्रकाशशरण  महतले जानकारी दिएका छन ।

कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ। त्यसअघि गाउँ÷नगर वडा अधिवेशन साउन १२ गते, गाउँरनगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते गर्ने तय गरिएको छ।

त्यस्तै, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते तोकिएको छ।