६ साउन, काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र जसपा अध्यक्ष ठाकुरबीच

भेटवार्ता भएको हो ।

भेटघाटमा ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित भएको स्रोतले बताएको छ ।

आज बिहानै साढे ९ बजेतिर प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवालाई संसदमा ठाकुर पक्षले पनि विश्वासको मत

दिएको थियो ।

त्यसअघि भएको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन

दिएका थिए ।