काठमाडौं- कोरोना भाइरसविरुद्धको खोप लिनका लागि नेपाल वायु सेवा निगमको बाइडबडी आज चीन जाँदै छ। खोप लिनका लागि जहाज आज चीन गएर भोलि फर्कने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

चीनसँग खरिद गरिएको खोप लिएर भोलि नेपाल फर्किएसँगै उक्त जहाज बाँकी खोप लिन भोलि राति फेरि चीन जाने छ।

चीनसँग नन् डिस्क्लोजर एग्रीमेन्ट अन्तर्गत अब ३२ लाख डोज खोप आउन बाँकी छ। खरिदको उक्त खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ।

हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो।