तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

प्रहरीका अनुसार भदौ ९ गते छथर गाउँपालिका-२ मा ५६ वर्षीया महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही ठाउँका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएको थियो।

सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ।

पीडित महिलाले पनि सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि आरोपित लिम्बुको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।