(सुमन थापा )
श्रावण ५, काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरु भएको छ।
अपराह्न ४ बजे शुरु भएको बैठकमा अध्यक्ष के. पि. शर्मा ओलि पक्षका नेताहरु मात्र सहभागी भएका छन । आजको बैठकको कार्यसुचिमा निम्न बिषय समाबेस गरिएको महासचिव ईश्वर पोखरेलले जानकारी दिनु भएको छ ।
१. समसायिक विषयमा पार्टी अध्यक्षको संबोधन ।
२) पार्टीमा उत्पन्न समस्या सामाधानका सम्बन्धमा गठित कार्यदलको प्रस्ताव (१० बुँदेको अनुमोदन) ।
३) अनुशासनहीन कार्यमा संलग्नहरुसंग स्पष्टिकरण ।
४) १० बुँदे’ कार्यान्वयनको सन्दर्भमा हालको अवस्था सम्बन्धी जानकारी ।
५) प्रदेशको पार्टी अवस्था बारे संक्षिप्त जानकारी ।
६) सर्वोच्च अदालतको फैसला सम्बन्धी पार्टी दृष्टिकोण ।
७) नेकपा (एमाले) नेतृत्वमा सञ्चालित सरकारको सम्बन्धमा ।
८) पार्टीको आगामी भूमिका ।
राजनीतिक (प्रतिपक्ष / सत्तापक्ष भूमिका)
संगठनात्मक (सदस्यता नवीकरण, विधान महाधिवेशन र अधिवेशनहरु, जनसंगठन व्यवस्थापन)
शुद्धिकरण अभियान
निर्वाचनको तयारी
९) बिबिध





प्रतिक्रिया