बागमती प्रदेश सभाको बैठक आज (मंगलबार) अपराह्न ४ बजे हुने भएको छ। बैठक प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको हो।

सोमबार साँझ ८ बजेका लागि निर्धारण गरिएको बैठक आजका लागि सारिएको थियो।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरेका थिए।