श्रावण ५, काठमाडौं- नेपाली काङ्ग्रेस महाधिवेशनमा डिजिटल भोटिङ” को प्रविधि सुनिश्चित । केन्द्रीय समितिले आवश्यक ठहर गर्दा सूचना, सञ्चार तथा प्रचार विभाग तयारी स्थितिमा रहेको छ ।

नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठक विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न भए पश्चात् बैठकले तय गरेको ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएर यो वक्तव्य जारि गरिएको छ । बैठकले पार्टीको १४ औ महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्ने लगायत अन्य निर्णय पनि गरेको छ ।