रास्वपाका महामन्त्री एवं सांसद विपीन आचार्यले गृह मन्त्रालयमा गरिमा चौधरीका आमाबुबाको भिडियो खिचिएकोप्रति आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै उनले यस विषयमा राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाए।

मृतकका परिवार र अभियुक्तको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै उनले यस्तो कार्य बन्द गरिनु पर्ने बताए।

उनले भने, ‘गरिमा हत्याकाण्डको बारेमा जे भयो त्यसका बारेमा धेरै बोलिन। तर हामी सबै जनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं? जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ। र कहीँ मेडिकल गर्दै गर्दा एउटा अक्युज्डले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।’