श्रावण १, काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन्।

च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भइरहेको बैठकलाई रोकेर छलफलमा जुट्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदलका नेताहरुले आग्रह गरेका थिए। नेपाल पक्षका कार्यदलमा सदस्य रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायतका नेताहरु बैठक स्थल पुगेर ओलीललाई बैठक रोक्न आग्रह गरेका थिए। 

रावलले बैठकमा आफूलाई एमालेको उपाध्यक्षका रुपमा बोल्न दिन आग्रह गरेका थिए। उनको आग्रहपछि ओलीले बैठकमा बोल्न दिएका थिए। रावलले बैठक रोक्न आग्रह गरे पनि ओलीले भने बैठक रोक्न नसकिने भन्दै विषयवस्तुलाई अघि बढाउन निर्देशन दिएका थिए। 

‘बैठक रोक्नका लागि हामीले अध्यक्षलाई आग्रह गर्‍यौं तर उहाँले विषयबस्त अघि बढाउन भन्नुभयो,’ उनले भने।

ओलीले बैठक रोक्न नमानेपछि नेपाल पक्षका नेताहरु भने बाहिरिएका छन भने बैठक जारी रहेको छ ।