श्रावण १, काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरू भएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भने अनुपस्थित छन्। बैठकमा अध्यक्ष ओली पक्षका स्थायी कमिटी सदस्य मात्रै उपस्थित छन्।

एमाले सरकार ढलेपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो। बैठकमा नेपाल पक्षका नेताहरूलाई पनि बोलाइएको थियो । जारी बैठक रोक्ने प्रस्ताव लिएर भरखरै नेपाल पक्षका कार्यदलमा रहेका नेताहरु भिम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भिम आचार्य बैठकस्थलमा प्रबेश गरेका छन