नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले जिम्बावेका अनुभवी तथा चर्चित अलराउन्डर सिकन्दर राजालाई टोलीमा अनुबन्ध गरेको छ।
चितवन राइनोजले शनिबार आफ्नो आधिकारिक पेज मार्फत् आगामी सिजनका लागि राजालाई अनुबन्ध गरिएको औपचारिक जानकारी दिएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट तथा विश्वभरका प्रतिष्ठित टी-२० फ्रेन्चाइज लिगहरूमा लामो अनुभव सँगालेका राजा जिम्बावेको राष्ट्रिय टोलीका प्रमुख सदस्य हुन्।

प्रतिक्रिया