असार ,२९ काठमाडौं- काँग्रेस सभापति शेरबहादुर देउवा अदालतको परमादेशपछि प्रधानमन्त्री बनेसँगै मंगलबार सानो आकारको मन्त्रिमण्डल बिस्तार गरेका छ्न । उनी नेतृत्वको सरकारमा आज ४ जना मन्त्री बनेका छन् । जसमा बालकृष्ण खाँडलाई दोस्रो वरियतासहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कानुन मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की चयन भएका छन् ।
यस्तै ऊर्जा मन्त्रीमा पम्फा भुसाल र अर्थ मन्त्रीमा जनार्दन शर्मा रहेका छन् । अन्य १७ मन्त्रालयको जिम्मेवारी भने हाललाई देउवाले नै राखेका छन् । रिक्त मन्त्रालयमा भागबण्डा मिलाएर छिट्टै मन्त्री नियुक्ति गर्ने नवनियुक्त प्रधानमन्त्री देउवाको तयारी छ ।







प्रतिक्रिया