( सुमन थापा )

असार २८ काठमाडौं, बिपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेपाल बन पैदावर उद्योग व्यावसायी महासंघको कार्यालयमा सुरु भएको छ ।
बैठकमा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री पुर्ण बहादुर खड्का ,पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला,  बालकृष्ण खाडको उपस्थिति रहेको छ ।

तेस्तै उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , पुर्व सभामुख कृष्ण बहादुर महरा , बर्षमान पुन,नारायण काजी श्रेष्ठ , देव गुरुङ तेस्तै नेकपा एमाले बाट  नेकमाधब कुमार नेपाल, रघु जि पन्त, सहभागी भएका छन भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव डा. बाबुराम भट्टराई ,महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चा बाट दुर्गा पौडेलको उपस्थिति  रहेकोछ  ।

आजै सर्वोच्च अदालतले काङ्ग्रेस सभापति शेर बहादुर देउवालाइ प्रधानमन्त्री नियुक्त गर्न परमाआदेश जारी गरेको छ । उक्त आदेश संगै अहिले देउवा निवासमा पनि सुरक्षा उपस्थिति बाक्लो रहेको छ ।