काठमाडौ २७-असार, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको विमतिका साथ दुई समूहमा विभाजित एमालेको एकता सम्पन्न भएको छ ।

सर्वाेच्च अदालतको फैसलापछि मात्र पार्टी एकताबारे छलफल गर्न आफूनिक कार्यदलका सदस्यलाई सुझाव दिइएपनि त्यसविपरीत १० बुँदे सहमतिका साथ आइतबार एकताको सकारात्मक सन्देश दिइएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा आइतबार विहानदेखि बसेको बार्यदलको बैठकले राति अबेर साढे १० बजे एकताको सन्देश दिएको हो । नेपाल समूहका कार्यदलका संयोजक भीम रावलले एकताको सन्देश दिएपछि ओली समूहका नेता प्रदीप ज्ञवालीले १० बुँदे सहमतिपत्र पढेर सुनाएका छन ।

बैठकले २०७७ फागुन २३ पछि सर्वाेच्चको फैसलापछि एमालेमा रहेका स्थायी कमिटी र केन्द्रीय कमिटी सोहीअनुरुपको रहेको सहमति भएको छ ।

त्यस्तै, एमाले पुनर्जिवित भए पछि पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र सांगठनिक कामकारबाहीहरु स्वत बदर भएका छन् ।