भदौको तेस्रो साताबाट छायांकनमा जान लागेको फिल्म ‘एक्का तीन’ को लुक्स सार्वजनिक गरिएको छ। दुई मुख्य नायिका मात्र राखेर तयार पारिएको लुक्समा टकराव देखिन्छ।
सार्वजनिक पोष्टरमा नायिका पूजा शर्मा र मोडल तथा नायिका कविता नेपालीलाई एङ्ग्री अवतारमा देख्न सकिन्छ। उनीहरूको टकराव पोष्टरमा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।
जुना फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा नायक को रहने हुन् भन्ने विषयमा खुलाइएको छैन।
रुपेश तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा सुमन गजमेरको लेखन छ। फिल्ममा रामकृष्ण खरेल र अनुप गडालको लगानी रहनेछ।
एक्सन जनरामा निर्माण हुन लागेको फिल्ममा यस पटक दुई नायिकाको लडाइँ देख्न पाइनेछ। पूजा र कविताको टकराव दर्शकका लागि विशेष प्रतिक्षामा रहने पक्का छ।

प्रतिक्रिया