दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधवार बेलुकी ८:०० बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक जिल्ला दाङ घोराही उपमहानगरपालिकाप-५ बसन्तपुर बस्ने ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान ०२:४५ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । अन्य दुई जना घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।