सुमन थापा
असार-६ काठमाडौं,  गणेशमान कृष्णप्यारि स्मृति प्रतिस्ठान मिलिजुली टिकटक परिवार र सचेत युबा जागरण खैरेनि चितवनको संयुक्त आयोजनामा सिन्धुपाल्चोकका बाढीपिडितहरुलाई खाद्यान्न तथा अति-आबश्यक सामाग्री  हस्तान्तरण गरेको छ  ।

मिलिजुली टिकटक परिवारका अध्यक्ष राजन कडेलसहित सचेत युवा जागरण  खैरेनीका जागरुक युवा र मिलिजुली टिकटक परिवारका सकृय सदस्य शनिवार सहयोग सामाग्री लिएर   मेलम्ची पुगेको सचेत युवा जागरण खैरेनिका अग्रज सदस्य ओम थपलियाले जानकारी दिनु भएकोछ ।  असार १ गते बेलुकादेखी इन्द्रावती नदिमा आएको बाडिले  सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बगरमा परिणाम गर्नुको साथै सयौं परिवारलाइ बिस्थापित बनाएको थियो ।

(तस्बिर निपुणराज)

सोही बाडिका कारण सर्वस्व गुमाएका परिवारालाइ केही हद सम्म भएपनी राहत पुग्ने उद्देश्यले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान, टिकटक मिलिजुली परिवार र सचेत युवा जागरण खैरेनीका युवाहरुको  सयुक्त पहलमा उक्त राहत सामाग्री बितरण गरेको गणेशमान कृष्णप्यारी  स्मृति प्रतिष्ठानका तथा मिलिजुली टिकटक परिवारका संरक्षक रारा सैजुले बताउनु भयो ।

(तस्बिर निपुणराज)

पीडित २०० परिवारलाई पुग्ने गरि रु ६ लाख ५० हजार बराबरको चामल,दाल, तेल, चीन, चिउरा, भुजा, दालमोठ, चाउचाउ, बिस्कुट, कुकिज, सोयाबिन, म्याट्रेस, र औसधि ) लगायत अतिआबश्यक सामाग्री बितरण गरिएको तथा ११ घरपरिवारको लागि ग्यास, ग्यास चुलो सहित आबश्यक सम्पुर्ण सामाग्री बितरण गरिएको  मिलिजुली टिकटक परिवारका अध्यक्ष राजन कडेलले जानकारी दिनु भयो ।

(तस्बिर निपुणराज)

परिस्थिति अनुसारको अतिआबश्यक राहत सामाग्री लिएर सिन्धुपाल्चोक  पुगेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान, मिलिजुलि टिकटक परिवार र सचेत युवा जागरण खैरेनिको टिमलाइ अहिले सम्मकै उत्कृष्ट राहत बाढिपिडितले पाएको भन्दै  मेलम्चीका स्थानीय समाजसेवी सुलोचना श्रेष्ठ ( कपाली )ले बिशेष धन्यवाद दिनुभएको थियो ।

(तस्बिर निपुणराज)

गत भाद्र  महिना सामाजिक संजाल टिकटकबाट जोडिएको मिलिजुली टिकटक परिवारले(तस्बिर निपुणराज) देशभरीमा हाल सम्म २८ वटा सामाजिक क्षेत्रमा उदाहरणीय कार्य सफलतापुर्वक सम्पन्न गरिसकेको अध्यक्ष राजन कडेलले बताउनु भएकोछ । परिवारले बालआश्रम, बृद्धआश्रम, अशहाय, बिपन्न परिवार, आर्थिक अभावमा बिधालय जान बाट बन्चित बालबालिका र  गरिब- दिनदुखीहरुलाइ सहयोग गर्दै आएको छ ।