असार-४ सुनसरी, मिलिजुली टिकटक परिवारले धरानस्थित सरस्वती बालगृहमा खाद्यान्न सामाग्री तथा जुता बितरण गरेको छ ।

शुक्रबार धरानस्थित सरस्वती बालगृहमा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुलि टिकटक परिवारले सयुक्त रुपमा बालगृहमा आश्रति रहेका ३२ जना बालबालिकाको लागि १ महिना पुग्ने खाद्यान्न ( चामल, दाल, कोलगेट, आलु, तेल, चियापति, चिनी, साबुन र चन) तथा जुता बितरण गरेको छ ।

मिलिजुली परिवारकी सदस्य रिया श्रेष्ठले संयोजन गर्नुभएको उक्त कार्यक्रममा टिकटकका डाक्टर भनेर चिनिएका मदन राइको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । खाद्यान्न बितरण कार्यक्रममा सुनसरी जेसिसका अध्यक्ष मणिराज अधिकारी लगायत मिलिजुली टिकटक परिवारका सदस्यको उपस्थिति रहेको कार्यक्रम संयोजक रिया श्रेष्ठले जानकारी दिनु भएको छ ।

मानव सेवा नै मुल धर्म हो भन्ने नाराका साथ टिकटक बाट जोडिएको यो मिलिजुली टिकटक परिवारले यो संगै २७ वटा यस्तै सहयोग हस्तान्तरणका कार्यक्रम सफलतापुर्वक सम्पन्न गरि सकेकोछ । साथै २८ औ कार्यक्रम अन्तरगत असार ५ गते शनिबार सिन्धुपाल्चोकमा रहेका बाढिपिडितहरुलाइ राहात बितरण गर्ने कार्यक्रम रहेको परिवारका अध्यक्ष राजन कडेलले जानकारी दिनु भयो ।