राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले करदाता प्रोत्साहन कार्यक्रमको तारिफ गरेका छन्।
मंगलबार संसद्मा बोल्दै उनले अर्थ मन्त्रालयले इमानदार करदातालाई प्रोत्साहन गर्न चिट्ठा कार्यक्रम सुरु गरेको जानकारी दिँदै ३३ जनाले पुरस्कार जितिसकेको उल्लेख गरे। सांसद प्रसाईंले भने, ‘म सभामुखमार्फत सम्पूर्ण आम नागरिकलाई अपिल गर्न चाहन्छु कि १०० रुपैयाँभन्दा बढीको सामान किन्दा अनिवार्य बिल लिऊँ। सबभन्दा राम्रो अनलाइन पेमेन्ट गरौँ।’
उनले अगाडि भने, ‘आज १०० रुपैयाँको सामान किन्दा झ्याम्मै १० लाखको चिट्ठा पर्यो भने त बिजोक रमाइलो भएन रु तपाईं र मेरो करबाटै देश चल्ने हो धन्यवाद।’
सो अवसरमा उनले समाजमा नकारात्मक कुरा छिटो फैलने र त्यसले राम्रा कामलाई ओझेलमा पार्ने बताए। उनले युट्युबमा नकारात्मक सामग्रीले धेरै भ्युज पाउने तर इमानदार प्रयासहरू ओझेलमा पर्ने बताएका हुन्।

प्रतिक्रिया