फर्मुला-१ को डच ग्रान्ड प्रिक्स यसै साता ज्यान्डभोर्टमा अन्तिम पटक आयोजना हुँदैछ। यसपछि डच ग्रान्ड प्रिक्स फर्मुला-१ को क्यालेन्डरबाट हट्नेछ।
३६ वर्षको अन्तरपछि सन् २०२१ मा फर्मुला-१ क्यालेन्डरमा फर्किएको डच ग्रान्ड प्रिक्सले छोटो समयमै दर्शकमाझ ठूलो लोकप्रियता हासिल गरेको थियो। ज्यान्डभोर्टमा हुने दौडका क्रममा ‘ओरेन्ज आर्मी’का रूपमा चिनिने समर्थकले ठूलो संख्यामा म्याक्स भर्स्टापेनलाई समर्थन गर्दै आएका छन्।
तर लोकप्रियता र लगातारको ठूलो दर्शक उपस्थितिका बाबजुद आयोजकले प्रतियोगितालाई आर्थिक रूपमा निरन्तर सञ्चालन गर्न कठिन भएको जनाएको छ। यही कारण ज्यान्डभोर्टले फर्मुला-१ आयोजना गर्ने सम्झौता अघि नबढाउने निर्णय गरेको हो।
ज्यान्डभोर्टमा अन्तिम डच ग्रान्ड प्रिक्स हुनुअघि फर्मुला-१ ले यस प्रतियोगिताको इतिहास र विगतका केही सम्झनलायक क्षणलाई तस्बिरमार्फत प्रस्तुत गरेको छ। डच ग्रान्ड प्रिक्स पहिलोपटक सन् १९५२ मा फर्मुला-१ विश्व च्याम्पियनसिपअन्तर्गत आयोजना भएको थियो।
यस वर्षको दौडसँगै ज्यान्डभोर्टले लामो समयदेखि फर्मुला-१ सँग जोडिएको आफ्नो अध्याय अन्त्य गर्नेछ।

प्रतिक्रिया