नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउँदै सङ्गठनलाई पूर्णता दिएर गतिशील बनाइने दाबी गरेका छन्।
मंगलबार आयोजित बागमती प्रदेशस्तरीय बैठकमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सहसंयोजक नेपालले पार्टी सङ्गठनलाई चुस्त र सक्रिय बनाउन नेतृत्व लागिपरेको बताए।
राष्ट्रिय तथा जनसरोकारका मुद्दाहरूमा सहकार्यको सम्भावनाबारे बोल्दै उनले देशभक्त, लोकतन्त्रवादी, संविधानका पक्षधर र गणतन्त्रका हिमायतीहरूसँग मिलेर अगाडि बढ्न सकिने उल्लेख गरे।
यसैगरी, बजारमा देखिएको ग्यास अभाव तथा नागरिकका समस्याबारे सोधिएको प्रश्नमा नेता नेपालले सरकारले यसलाई विशेष महत्व दिएर समाधान गर्नुपर्नेमा जोड दिए।
उनले समस्याको वास्तविक पहिचान र खोजी गरेर तत्काल राहत दिनुपर्ने धारणा राखे।

प्रतिक्रिया