उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीले भदौ १ देखि २४ गतेसम्म ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नारासहित हस्ताक्षर अभियान सञ्चालन गर्न लागेको हो। अभियानको उद्घाटन भदौ १ गते काठमाडौंको माइतीघर मण्डलामा बिहान ११ बजे गरिने जनाइएको छ।

अभियानको उद्घाटन कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी हुने छन्।