कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहभागी हुने भएको छ। नेकपाका मन्त्रीहरूको शपथ ग्रहण आजै दिउँसो ३ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कोशीमा नेकपाले चार वटा मन्त्रालय पाएकाे छ। चार जना मन्त्री र एक जना राज्यमन्त्रीलाई शपथ ग्रहण गराउने तयारी भइरहेको नेकपा श्रोतले जनाएको छ।

श्रोतका अनुसार जीवन अचार्य, खिनुलङ्वा लिम्बू, गोम्बु शेर्पा, राजन किरातीको नाम टुंगोमा पुगेको हो। राज्य मन्त्रीमा सपना दर्जी र सम्झना तामाङमध्ये एक जनालाई पठाउनेबारेमा छलफल भइरहेको छ। मन्त्रीको नाम टुंगो लागे पनि मन्त्रालय टुंगिन बाँकी रहेको श्रोतले जनाएको छ।