(वसन्त खड्का )
जेठ ,२२ काठमाडौं –डा. सी. के. राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आफ्नो पार्टी भित्र रहेको आन्तरिक समस्यालाई समाधान गर्ने प्रतिबद्धता सहित प्र.म के.पि ओलि सरकार द्वारा घोषित निर्वाचन लाई समर्थन गर्दै पार्टीका नेता कार्यकर्तालाई निर्वाचनमा शसक्त भुमिका खेल्न निर्देशन जारी गरेको छ। जनमत पार्टीले आजै एक प्रेस विज्ञप्ति जारी गर्दै सम्पुर्ण नेता कार्यकर्ता लाई निर्वाचनमा होमिन आग्रह पनि गरेको छ।
“विज्ञप्तिमा “जिल्ला समन्वय समितिका पदेन तथा मनोनित सदस्यहरूको सूचीमा छुटेका योग्य व्यक्तिहरूको नाम समावेश गरीअन्तिम सूची चाँडै प्रकाशित गरिनेछ। वडा तथा पालिका समितिको विवरणमा समेत छुटेका, त्रुटि भएका वा दोहोरोसमिति निर्माण भएका विषयहरूमा समेत सम्बन्धित जिल्लासँग समन्वय गरी छिट्टै समाधान निकालिनेछ “भनी उल्लेख गरिएको छ।
‘ विज्ञप्तिको पुर्णपाठ ´


प्रतिक्रिया