(वसन्त खड्का )
जेठ १४,काठमाडौं –
भेरी अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि भएको हमलालाई ने.वि संघ र तरुण दलले गम्भीरता साथ लिएको छ। आजै तरुण दलले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ।त्यसै गरि ने.वि संघ महामन्त्री मनोज बैद्यले पनि आफ्नो आधिकारिक फेसबुक मार्फत घोर निन्दा र भत्सर्ना गरेका छ्न।

साथै दुबै संगठनले घटनाको निष्पक्ष छानविन गरी दोषि उपर हदैसम्मको कडा कारबाहीको माग पनि गरेका छ्न।