(वसन्त खड्का )
जेठ १३,काठमाडौं-
पूर्व प्रमुख निर्वाचन आयुक्त हरुले कुनै एक पक्षको फाइदा हुने तवरले बजेट नल्याउन ,बजेट ल्याउदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनकालागि समान प्रतिस्पर्धाको सिध्दान्त भित्र रहि बजेट तर्जुमा गर्न ध्यानाकर्षण गराएका छन।साथै सो विषयमा निर्वाचन आयोगले सम्बध्द पक्षलाई समयमै सजग गराउनेछ भन्ने विश्वास लिएको पनि पत्र मार्फत जानकारी गराइएको छ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले तरल राजनैतिक अवस्थाका बारेमा बिगतमा पनि बोल्दै आइरहेका छन।
“आग्रहको पुर्ण पाठ”
हामो आग्रह

”” २०७८ कात्तिक, मंसीरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनकालागि समान प्रतिस्पर्धाको सिध्दान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षीत कुनै किसिमका नयां नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं ।

साथै, यस विषयमा आफ्नो संबैधानिक दायित्वको ख्यालगरी निर्वाचन आयोगले सम्बध्द पक्षलाई समयमै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएकाछौं।”

हस्ताक्षर कर्ता

सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

भोजराज पोखरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त

नीलकण्ठ उप्रेती, पूर्व प्रमुख निर्वाचन आयुक्त

डा. अयोधिप्रसाद यादव, पूर्व प्रमुख निर्वाचन आयुक्त

दोलख बहादुर गुरुड्ग, कार्यवाहक पूर्व प्रमुख निर्वाचन आयुक्त

मिति: १३ जेठ, २०७८