( सुमन थापा )

जेष्ठ १२ बुटवल- कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली टिकटक परिवारको सयुक्त आयोजनामा लुम्बिनी दृष्टिबिहिन तथा अनाथ आश्रममा खाध्यान्न सहयोग कार्यक्रम सम्पन्न भएको छ ।

कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली टिकटक परिवार को संयुक्त आयोजनामा बुटवल-१५, उजेलापुरमा २०७३ सालमा स्थपना भएको लुम्बिनी दृष्टि विहिन, अपाङ्ग, अनाथ आश्रममा रहेका ३२ जना बालबालिका लागि खाद्यान्न तथा अन्य सामग्री बितरण गरेको थियो ।

मंगलबार सिद्धार्थनगर जेसीजका अध्यक्ष गोपाल ज्ञवालीको प्रमुख आतिथ्यमा रु. २० हजार बराबरको आवश्यक खाध्यान्न र आश्रम संन्चालन तथा घर भाडाको लागि नगद रु. २० हजार मिलिजुली परिवारका सल्लाहकार माधव भट्टराई, परिवारका सल्लाहकार मधुसूदन पाठक र सल्लाहकार सिद्धार्थ गौतमको उपस्थितिमा हस्तान्तरण कार्यक्रम सप्पन्न भएको परिवारका सल्लाहकार माधव भट्टराईले जानकारी दिनुभएको छ ।

मिलिजुलि टिकटक परिवारका संरक्षक रारा सैजुको जन्मदिनको शुभअवसरमा आश्रममा आश्रति ३२ जना बालबालिकालाई ४५ दिनसम्म पुग्ने खाद्यान्न ( चामल, दाल, चाउचाउ, चिनी, भुजा, जुस, मर मसला, दालमोट, सेनेटाईजर र माक्स ) प्रदान गरिएको छ ।

बाल आश्रमको लागि मिलिजुली टिकटक परिवारका रारा सैन्जु बाट २० हजार १० रुपैया, तारा श्रेष्ठबाट ५ हजार रुपैया, अमृता भट्टराईबाट ५ हजार रुपैया, आकाश रिजालबाट ५ हजार रुपैया, सि. पि. अर्याल ( राधे राधे) बाट ५ हजार ७३ रुपैया, सृजना खडका बाट २ हजार रुपैया, दुर्गा अधिकारी (देवु) बाट ११ सय रुपैया, बिष्णु पन्थी बाट २ हजर १ सय रुपैया, ज्ञान बहादुर लामा ३ हजार ३ सय पचास रुपैया, सुसान छेत्री बाट ५ हजार ६ सय ५० रुपैया, गोपाल शर्माबाट २ हजार रुपैया र टिकटक बाट भाईरल सामाजिक ब्यक्तित्व शिव पोखरेलबाट ६० किलो चामल सहयोग संकलन भएको थियो ।

कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले यसअघि पनि दु:खपिडामा रहेका ब्याक्ती र हरेक क्षेत्रमा सहयोगको हातेमालो गर्दै आएको संरक्षक रारा सैजुले जानकारी दिनुभएको छ ।

बुटवल-१५, उजेलापुरमा २०७३ सालमा स्थपना भएको लुम्बिनी दृष्टि विहिन, अपाङ्ग, अनाथ आश्रममा हाल दृष्टि विहिन, शारीरिक अपाङ्ग, अनाथ गरि ३२ जना आश्रति रहेको आश्रमका उपाध्यक्ष लिलाराम रोकायले जानकारी दिनुभएको छ ।

” आफू बाचौ र अरुलाइ पनि बचाउ” भन्ने मुल नाराका साथ ५ बर्ष देखि संचालनमा रहेको उक्त आश्रम अहिले पनि जस्ताको टहरो भाडामा लिएर संचालनमा रहेको छ । सामान्य अबस्थामामा अगरबत्ती, फिनेल र हार्पिक को ब्यापारी गरि जिबनयापन गर्दै आएको र हाल कोरोना माहामारीले गर्दा सबै काम ठप्प हुदा बिहान बेलुका खान र घरभाडा तिर्न समेत अफ्ट्यारो अबस्थामा पुगेको उपाध्यक्ष रोकायले बताउनु भएको छ ।

उक्त लुम्बिनी दृष्टि विहिन, अपाङ्ग, अनाथ, आश्रमलाई लायन्स क्ल्ब बुटवल र विभिन्न संघसस्थाको पहलमा तिलोतमा नगरपालिकाले नगरपालिकाको वडा नम्बर ७ मा एक कट्ठा जमिन उपलब्ध गराएको भए पनि रकम अभावमा अहिले सम्म भवन निर्माण हुन सकेको छैन । यदि सहयोगि हातहरु उक्त आश्रमलाइ सहयोग गर्न चाहानु हुन्छ भाने मिलिजुली टिकटक परिवार अथवा आश्रमा ( लुम्बिनी दृष्टि विहिन आश्रमको नाममा रहेको सिटिजन बैंकको खाता नम्बर 1660100004086201 ) सम्पर्क गरि सहयोग गर्न सक्नु हुने छ ।