( वसन्त खड्का )
जेठ८,काठमाडौं –
बिप्लप नेतृत्वको नेकपाले एक वक्तव्य जारी गर्दै जनमतसङ्ग्रहका लागि राजनीतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि आफू तयार रहेको जानकारी गराएको छ।वक्तव्यमा शान्ति, स्थिरता एवम् समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने वाध्यता आएको छ यो कुनै व्यक्ति पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो । यो सत्ता र व्यवस्थाको सङ्कटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र सङ्कटमा धकेल्ने चाल मात्र हुन्छ भनिएको छ ।
विप्लव द्वारा जारी वक्तव्य