( वसन्त खड्का ) जेठ ८,काठमाडौं –आज काङ्ग्रेस सभापति शेर बहादुर देउबा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक पश्चात् पत्रकारको जिज्ञासालाई सम्बोधन गर्दै काङ्ग्रेस नेता डा.प्रकाशशरण महतले रास्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा मध्ये रातमा संसद भङ्ग गर्नु असंबैधानिक, अलोकतान्त्रिक कार्य हो भनेका छन् । उनले अन्य पार्टी सङ सहकार्य गरि राजनैतिक प्रतिरोध गर्ने ,न्यायिक विषय लाई पनि अगाडि बढाएर जाने पनि बताएका छन।।
कोभिड महामारीको दुरुपयोग भएको र हाल कोरोनाको कहरका कारण सडकमा उत्रिनु जोखिमपुर्ण रहेको र अन्य सुरक्षित तरिकाले प्रतिरोध गर्ने पनि उनले जनाएका छन् ।