स्कटल्याण्डको ग्लासगोमा जारी २३ औं कमनवेल्थ गेम्स्मको पदक तालिकामा अष्ट्रेलियाको अग्रता कायमै रहेको छ।
अन्तिम दिनको खेलहरू बाँकी रहँदा उसले अहिलेसम्म १५८ ओटा पदक हासिल गरेको छ। पदक तालिकाको दोस्रो स्थानमा १०२ पदकसहित इग्ल्याण्ड, तेस्रो स्थानमा ५९ पदकसहित क्यानडा तथा ३९ पदकसहित भारत चौथो स्थानमा रहेका छन्। अष्ट्रेलियाले ६५ स्वर्ण, इग्ल्याण्डले २६ स्वर्ण, क्यानडाले १८ स्वर्ण तथा भारतले १३ स्वर्ण हात पारेको छ।
यो प्रतियोगितामा १० ओटा खेलको २०५ ओटा विधामा प्रतिस्पर्धा भइरहेको छ। कमनवेल्थमा ५६ ओटा राष्ट्रियहरू रहेका छन्। विशेषगरी, तत्कालीन संयुक्त अधिराज्यले राज्यहरूको देशहरूलाई कमनवेल्थको नाम दिएको पाइएको छ।

प्रतिक्रिया