( सुमन थापा )
काठमाडौं ७, जेष्ठ– देउवा निवास बुढानिलकण्ठमा नेपाली काङ्ग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारी बैठक सुरु भएको छ ।
बिहान ९ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिलो गरि सुरु भएको छ । बैठकमा सम्माननीय राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक भएको भन्दै उक्त बिषयमा छलफल गरी आवश्यक निर्णय गर्ने स्रोतले बताएको छ । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, माधवकुमार नेपाल, शशांक कोइराला, बालकृष्ण खाड, पुर्ण बहादुर बिष्ट, प्रकाशमान सिंह, सुनिल बहादुर थाप, डा. मिनेन्द्र रिजाल, डा. रामशरण महत्त, पुष्पा भुसाल, रमेश लेखेक सितादेवी यादव र कृष्ण प्रसाद पौडेल सहभागी रहेका छन ।



प्रतिक्रिया