(सुमन थापा)

काठमाडौं ७, जेष्ठ – नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी तथा पुर्व पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिदै सुचना जारी भएपछि छलफलका लागि कांग्रेसको बैठक बस्न लागेको हो ।

सम्माननीय राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक भएको भन्दै उक्त बिषयमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बस्न लागेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिज्ञाप्ति मार्फत जानकारी दिनु भएको छ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे बस्दैछ । राष्ट्रपति कार्यालयले बिहीवार साझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन गर्न भनी बिज्ञप्ति प्रकाशित गरेको थियो ।