( सुमन थापा )
जेष्ठ २, काठमाडौं-नेकपा एमाले विवाद समाधान गर्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा छलफल सुरु भएको छ । गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र नेता नेपालले आाज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्यबारे छलफल गर्ने स्रोतले बताएको छ ।
तस्बिर 🙁 सुमन थापा)
शुक्रबार प्रधानमन्त्री ओलि र नेपाल पक्षसँग भएको वार्तामा ओलीले बादललाई लगेका थिए । बैठकमा उपस्थित नेपाल पक्षीय नेताहरुले बादललाई उपस्थित गराएको असहमति जनाएका थिए । उनीहरुले एमालेको झगडा मिलाउने बैठकमा बादललाई राख्न नहुने तर्क गरेका थिए ।
प्रतिक्रिया