१ जेष्ठ, काठमाडौं – जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षले पार्टीको विधान विपरीत राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिर्दै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरीत बनाइएको बताएका हुन् ।
उनले भने – ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’
सांसद यादवले ठाकुर–महतो पक्षले आफूहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि यादवको तर्क छ । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरी प्रचार गरिएको भन्दै उनले विधान विपरीत गर्नेलाई कारबाही गरिने पनि बताए ।
उनले भने – ‘विधान भन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ । कारबाही हुन बित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’
जसपा भित्र बाबुराम भट्टराई –उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबिच तीव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको संघारमा पुगेको छ ।
यता महन्त ठाकुर पक्षले भने आज जनता समाजवादी पार्टीको कुनै पनि बैठक नबसेको र बैठक बारे जानकारी नभएको भन्दै संचारकर्मीहरुलाइ भ्रममा नपर्न बिज्ञप्ति नै जारी गरेको छ ।
जसपाको विवाद पार्टी बिभाजन तर्फ ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…


प्रतिक्रिया