( वसन्त खडका )
३१ बैशाख, काठमाडौ- देउवा निवास बुढानिलकण्ठमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरु बिच बैठक सुरु भएको छ ।
बिहान ११ बजे सुरु भएको बैठकमा काङ्ग्रेस सभापति शेर बहादुर देउवा, काङ्ग्रेस नेता पुर्णबहादुर खडका, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, ओनसरी घर्ती र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी रहेको स्रोतले बताएको छ ।
गत २७ गते प्रतिनिधि सभामा ओलीले विश्वासको मत पाउन नसकेपछी ओलि प्रधानमन्त्री बाट पदमुक्त भएका थिए । विपक्षी गठबन्धनले बहुमतसहित प्रधानमन्त्री दाबी नगरेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपालको संबंधानको धारा ७६ को उपधारा ३ बमोजिम राष्ट्रपति बिद्यादेवि भण्डारीले ओलीलाइ बिहिवार पुन: प्रधानमन्त्रीमा नियुक्त गरेकी छन ।
बैठकमा अबको राजनिती कसरी अगाडी बढाउने भन्ने बिषयमा छलफल गर्न विपक्षमा रहेका दुई ठुला दल देउवा निवासमा जम्मा भएको स्रोतले बताएका छन ।
देउवा निवासमा काङ्ग्रेस लगायत बिपक्षी दलका नेताहरु छलफलमा ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया