( वसन्त खडका )

३१ बैशाख, काठमाडौ- देउवा निवास बुढानिलकण्ठमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरु बिच बैठक सुरु भएको छ ।

बिहान ११ बजे सुरु भएको बैठकमा काङ्ग्रेस सभापति शेर बहादुर देउवा, काङ्ग्रेस नेता पुर्णबहादुर खडका, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, ओनसरी घर्ती र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी रहेको स्रोतले बताएको छ ।

गत २७ गते प्रतिनिधि सभामा ओलीले विश्वासको मत पाउन नसकेपछी ओलि प्रधानमन्त्री बाट पदमुक्त भएका थिए । विपक्षी गठबन्धनले बहुमतसहित प्रधानमन्त्री दाबी नगरेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपालको संबंधानको धारा ७६ को उपधारा ३ बमोजिम राष्ट्रपति बिद्यादेवि भण्डारीले ओलीलाइ बिहिवार पुन: प्रधानमन्त्रीमा नियुक्त गरेकी छन ।

बैठकमा अबको राजनिती कसरी अगाडी बढाउने भन्ने बिषयमा छलफल गर्न विपक्षमा रहेका दुई ठुला दल देउवा निवासमा जम्मा भएको स्रोतले बताएका छन ।