(सुमन थापा )
३०, बैशाख- काठमाडौं । केपी शर्मा ओली तेस्रो पटक पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम नेकपा एमाले संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो। ओलीलाइ प्रधानमन्त्रीमा नियुक्त गरेको उक्त कुरा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री ओली ३ दिनअघि मात्र प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेर पदमुक्त हुनुभएको थियो । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ६७ (२) बमोजिम विपक्षी दलहरुलाइ तीन दिन भित्र बहुमतको सरकार गठनका लागि सहमति जुटाएर आउन आह्वान गर्नुभएको । राष्ट्रपतिले दिएको समयसिमा भित्र पनि विपक्षी गठबन्धनबाट बहुमत सहित प्रधानमन्त्रीको दाबी नभएपछि संविधानको धारा ७६ (३) अनुसार संसदमा प्रतिनिधित्व गर्ने ठूलो पार्टी एमाले संसदीय दलको नेता समेत रहेका ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री घोषणा गर्नुभएको हो।
राष्ट्रपति भवन शितलनिवासमा भोलि दिउँसो २ बजे विशेष समारोहका बीच नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ ग्रहण कार्यक्रम हुने राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ । केपी शर्मा ओली ४३ औै प्रधानमन्त्रीको रुपमा तेस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट नेता समेत बनेका छन्।

प्रतिक्रिया