बैशाख ३० भक्तपुर, जनतासमाजवादी पार्टी महन्त ठाकुर पक्षका सांसदहरु आज दिउँसो देखि नै भक्तपुरमा एक रिसोर्ट्मा भेला भएका छन ।

राष्ट्रपति बिद्यादेवि भण्डारीले २ वा २ भन्दा बढी दल मिलेर बहुमतको सरकार गठन गर्न दिएको ३ दिनको समय अब केही मिनेट मात्र बाकि रहेकोछ । समयसिमा भित्र कुनै पनि दलले प्रधानमन्त्रीको दाबी पेस गर्ने अवस्था न्यून हुँदै गएको छ ।

नेपाली काङ्ग्रेस र माओवादी केन्द्रलाइ जनता समाजवादी पार्टीले साथ दिएको भए आज प्रधानमन्त्रीको माग दावी गर्ने तयारिमा काङ्ग्रेस रहेको थियो । तर निर्णायक भुमिकामा रहेको जसपा भित्र आपसी समझदारी जुटाउन नसक्दा ठाकुर पक्षका सबै सांसद भक्तपुरको डोलेश्वर रिसोर्टमा भेला भएका छन ।

भक्तपुरमा जारी छलफल बाट साझ केही समय बाहिरिएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेर प्रधानमन्त्री के. पि. शर्मा ओलिसंग छोटो भेटगरी फर्किएका छन् । ओलीलाई भेट्न जानुअघि ठाकुर र राजेन्द्र महतो भारतीय दूतावास गएका थिए ।

प्रतिक्रिया