बैशाख २८ काठमाडौ, नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा काङ्ग्रेस पदाधिकारी बैठक सम्पन्न भएकोछ ।

बैठकमा काङ्ग्रेस पदाधिकारी तथा पुर्वपदाधिकारी हरुको उल्लेखिय उपस्थिति रहेको थियो बैठक पछि बोल्दै डा. प्रकाश शरण महत्तले राष्ट्रपतिले दिएको समयसिमा भित्र काङ्ग्रेस नेतृत्वमा सरकार गठन गर्न नेपाली काङ्ग्रेस तयार रहेको र सरकार निर्माणको लागि नेपाली काङ्ग्रेसले माओवादी केन्द्र, जनतासमाजवादी पार्टी र एमाले माधवकुमार नेपाल पक्षसंग छलफल जारी राख्ने बताएका छन ।

पदाधिकारी बैठक बस्नु २ घण्टा अघि देउवानिवासमै शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव बिच त्रिपक्षीय भेटघाट भएको थियो ।