(यादव शर्मा )

बैशाख २८ काठमाडौ, नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शेरबहादुर देउवा , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बिच पौने घण्टा भेटघाट भएको छ ।

सोमबार प्रतिनिधि सभा बैठक बाट प्रधानमन्त्री के. पि. शर्मा ओलिले लिएको बिश्वासको मत प्राप्त गर्न नसके पछि सदनले प्रधानमन्त्री के. पि. शर्मा ओलिलाइ स्वत कामचलाउ बनाएको थियो ।

साथै सोमबारै राष्ट्रपति बिद्यादेवि भण्डारीले बिज्ञप्ति जारी दुई वा दुई भन्दा बढी दल मिलेर गरि बहुमती सरकार गठन गर्न ३ दिनको समय दिएको हुदा सरकारको विपक्षमा रहेका दलहरु सरकार गठनको लागि लागिपरेका छन ।

यद्यपि जसपा अध्यक्ष महन्त ठाकुर समूहले बिपक्षीलाई सहयोग नगरे वा एमाले असन्तुष्ट माधवकुमार नेपाल पक्षले राजिनामा नदिए बिपक्षी गठबन्धनको बहुमतिय सरकार बन्ने संभावना न्यून रहेको छ ।