काठमाडौँ २७ बैशाख, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल पक्षले दिएको ९ बजेसम्मको पार्टी बिभाजनको अल्टिमेटममा कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रधानमन्त्री ओलीले कुनै जवाफ नदिएपछि अब नेपाल पक्ष सामुहिक राजीनामाको बाटोमा जाने निश्चित भएको एमाले नेता झपट रावलले जानकारी दिएका छन ।
आजै प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीलाई विश्वासको मतका लागि पार्टी भित्र वातावरण बनाउन भन्दै नेपाल पक्षले सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो ।
त्यस्तै नेता नेपालले आइतबार राति ओलीलाई ६ बुँदे पत्र लेख्दै पार्टी एकता बचाउन सर्वोच्चको फैसला अनुसार २०७५ जेठ २ को अवस्थाबाट क्रियाशिल बनाउनुपर्ने सर्त राखेका थिए ।
अहिले नेपाल पक्षका सांसदहरुको सिंहदरबारस्थित संसद सचिवालयमा बैठक जारी रहेको छ । बैैठकमा माधवकुुुमार पक्षका २१ जना सांसद सहभागी रहेका छ्न । बैैठक अघिनै नेता झपट रावलले एकताको प्रयासमा प्रधानमन्त्री ओलिले कुनै प्रतिक्रिया नदिदा अब दुखका साथ पार्टी बिभाजन तर्फ अगाडि बढेको बताउनु भएको छ ।
पार्टी फुट बाट जोगाउन नेपाल पक्षले दिएको अल्टिमेटम सकियो ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया