२४ बैशाख, काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच हुने भनिएको भेटघाट अझै अन्यौलमा रहेकोछ ।
एमाले स्रोतका अनुसार दुई नेताबीच एमाले पार्टी मुख्यालय बबरमहलमा आज निर्णायक वार्ता हुने कार्यक्रम रहेको थियो ।
यसअघि आज ११ बजे पार्टी कार्यालय बबरमहलमा दुई नेताबीच भेट्ने कुरा सञ्चारमाध्यममा आएपछि ठूलो संख्यामा पत्रकारहरू एमाले पार्टी कार्यालय बबरमहल पुगेका थिए । तर, घण्टौँ कुर्दा पनि कार्यालयमा कोही नेता नआएपछि पत्रकार फर्किन थालेका छन् ।
एमाले नेता सुवास नेम्वाङसँग यस विषयमा बुझ्न खोज्दा उनले भने, ‘दुर्ई नेताबीच वार्ता हुने भनिएको छ, तर कहाँ र कति खेर हुने भन्ने कुनै टुंगो लागेको छैन ।’ ओली र नेपालबीच बिहीबार पनि भेटवार्ता हुने भनिएको थियो । तर, कहाँ भेट्ने भन्ने विषयमा कुरा नमिल्दा भेट हुन सकेको थिएन । बिहीबार अध्यक्ष ओली र नेता नेपालले छुट्टाछुट्टै राष्ट्रिपति विद्यादेवी भण्डारीसंग भेट गरेका थिए ।
एमालेमा गत फागुन २७ गतेदेखि विवाद हुँदै आएको छ । यसैबीच आगामी २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने बताएपछि पार्टीका शीर्ष नेताहरूको भेटघाट बढ्दै गएको हो ।
प्रधानमन्त्री ओलि र नेपालको भेट अझै हुन सकेन ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया