काठमाडौ २४ बैशाख- प्रधानमन्त्री के. पि. शर्मा ओलि सहित बालुवाटारमा १०० जना भन्दा बढिको पिसिआर परिक्षणको लागि स्वाब संकलन ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसहित १०० जनाभन्दा बढीले स्वाब संकलन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल मार्फत जानकारी दिएका छन ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिदैँछन् । त्यसको लागि र बुुुधबार देेखि सांसद, संसद सचिवालयका कर्मचारी सुरक्षाकर्मी लगायतको स्वाब संकलन थालिएको छ ।

बुधवार गरिएको स्वाव संकलनका क्रममा ४ जना सांसदसहित ३ जना कर्मचारीको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । भने अन्यको रिपोर्ट आउने क्रम जारी छ । यसैक्रममा बिहीवार पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत स्वाब संकलन गरेका छन् ।