काठमाडौं २२, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवालाा ईभेट्न बूढानीलकण्ठ पुगेका छन् । ओली देउवालाई भेट्न नेकपा एमालेका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादलसहित पुगेको बुढानिलकण्ठ स्रोतले बताएको छ । उनीहरुबीच छलफल जारी छ ।


विश्वासको मत लिने बताएपछि विपक्षीहरुले निरन्तर छलफल जारी राखेपनि सभापति देउवालाई भेट्न प्रधानमन्त्री ओली आफै बुढानिलकण्ठ पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आज मात्रै नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।