चैत २१ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल माइक्रो इन्स्योरेन्स (NMIC) को आईपीओ सूचीकृत भएको छ।
कम्पनीले सर्वासाधारण शेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनबाट कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबार शुरु हुनेछ। अर्थात कम्पनीको शेयर चैत २४ गते, आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आइतबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एनएमआईसी स्टक टिकर प्रदान गरेको छ।

प्रतिक्रिया