काठमाडौं असार २५ “स्वदेशमै शिक्षा, सबैको इच्छा” भन्ने नारासहित १२औं नेपाल हायर एजुकेसन फेयर असार २७ र २८ गते अर्थात् ११ र १२ जुलाई २०२६ मा काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना हुँदैछ।

भिजन मिडिया इन्कर्पोरेशन, http://Education.com र अनुपम एकेडेमीको संयुक्त आयोजनामा हुने दुई दिने मेलामा नेपालका ५० भन्दा बढी प्रतिष्ठित कलेज तथा शैक्षिक संस्थाहरू सहभागी हुनेछन्। मेलामा Management, IT, Engineering, Medical, Law, Hospitality, Aviation लगायतका विषयमा स्नातक र स्नातकोत्तर तहका कार्यक्रमबारे जानकारीका साथै निःशुल्क शैक्षिक तथा करियर परामर्श दिइनेछ।

KUSOM, NATHM, शंकरदेव क्याम्पस, University of Nepal र NEC लगायतका संस्थाहरू सहभागी हुने मेलामा ५ हजारभन्दा बढी +२ उत्तीर्ण विद्यार्थी र अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ। आगन्तुकका लागि निःशुल्क चलचित्र टिकट, Scholarship Offer, Lucky Draw र उपहारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।