(सुमन थापा)
काठमाडौ ६,बैशाख-नेपाल पत्रकार महासंघ काठमाडौले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौद्वारा बागबजारस्थि होटल हार्दिकमा आयोजित कार्यक्रममा पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधब कुमार नेपाल, नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष, बिपुल पोखरेल, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, उपाध्यक्ष उद्वय जि. एम, महासचिव रमेश पुरि, कोषाध्यक्ष कडेन्द्र सिजवाल र सचिव गोबिन्द प्र. चौलागाईंको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै प्रमुख अतिथि माधवकुमार नेपालले सत्ता पक्षको चुनौतीलाई सामाना गर्न सजिलो नहुने बताउनु भएको छ । लडाइमा सत्यको सधै जित हुने हुदा खुट्टा नकमाई सत्य तथ्य समाचार सम्प्रेषण गर्न हौसला दिनु भएको छ ।

निर्वाचनको समयमा पनि पत्रकारहरुले धेरै धम्की सहनु परेको छ तसर्थ सत्ताको मात लागेकाहरु देखि साबधान रहनु होला । सत्य तथ्य समाचार सम्प्रेषण गर्न सजिलो छैन असल मानिसहरूलाई सत्य तथ्य मन पर्छ तर झुटको खेती गर्नेलाई सत्य तथ्य समाचार मन नपर्ने बताउनु भयो ।
प्रतिगमनले धेरै सताएको छ ? यो प्रतिगमनको कालो बादल कहिले सम्म मडारिने हो तर अन्त्यमा सत्यको नै जित हुने हुदा नेपाल राष्ट्रको गरिमालाइ उच्च राख्न र नेपालको हितमा लग्नलाइ मिसन पत्रकारिता गर्न जरुरी रहेको बताउनु भएको छ ।

२०४७ को परिवर्तन पछि पत्रकारिता क्षेत्रले सबैभन्दा छलाङ मार्न सफल भएको छ । लोकतान्त्रको मुल्य र मान्यतालाई पत्रकारहरुले सदैव अंगिकार गर्दै आम जनमानसमा पुर्याउनु पर्दछ । राम्रा कुरालाइ अंगिकार गर्ने र नराम्रो कुरालाइ नाङ्गेझार पार्नु पत्रकारको धर्म रहेको बताउनु भएको छ ।

प्रतिक्रिया