काठमाडौं १ जेष्ठ । तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङ ले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन्।
यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे। पत्रकारहरूसँग कुराकानी गर्दै गुरुङले भने,
“हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रममन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन। पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन।”
गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई “कुनै गलत काम त छैन नि ?” भनेर प्रश्न गरेको समेत बताए। उनले थपे,
“गलत भएको भए तपाईंलाई कारबाही हुन्छ है भनेर अगाडिदेखि नै भनिसक्नुभएको छ। म ढुक्क छु, मेरो कुनै गल्ती छैन।”
यसैबीच, रास्वपा नेतृ एलिजा गुरुङ ले नेपाली उत्पादनमा आधारित महिलाहरूका लागि सञ्चालन गरिएको कपडा पसल “चिनो” को उद्घाटन गरेकी छन्।

प्रतिक्रिया