( यादव शर्मा )
काठमाडौं ५, बैशाख – पूर्वराजा ज्ञानेन्द्र शाह १० दिन लामो भारत भ्रमण सकेर आइतबार साढे ३ बजे नेपाल फर्किदै छन् ।
पुर्वराज ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा आयोजना भएको कुम्भ मेलामा सहभागी हुन चैत्र २६ गते दिल्ली पुगेका थिए । १० दिन लामो भ्रमण पछि आज स्वदेशी फर्कन लागेका शाह दम्पतीलाई विभिन्न राजावादी संघ–संगठनहरुद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन ।

हरिद्वारमा आयोजित कुम्भमेलामा आयोजक समितिले पुर्व राजा ज्ञानेन्द्र शाहलाइ बिशेष अतिथीको रुपमा निमन्त्रणा गरेको थियो । उनले गत चैत ३० गते कुम्भमेलामा ‘शाही स्नान’ गरेका थिए । आइतबार अपराह्न ३:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पुर्वराजदम्पतीलाइ स्वागत गर्दै जनतान्त्रिक तराई मुक्तिमोर्चा, राष्ट्रबचाउ अभियान र राष्ट्रिय नागरिक आन्दोलन २०७७ ले नागरिक अभिनन्दन गर्ने जनाएको छ । अभिनन्दन पश्चात् बिमानस्थलबाट स्कर्टिङ गरेर पूर्वराजालाई निर्मल निवाससम्म पुर्याइने जनतन्त्रिक मुक्ति मोर्चाका अध्यक्ष डा. मनोजकुमार झाले बताएका छन ।
पूर्व राजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो । रथ यात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएका शाहले कार्यक्रममा धार्मिक सम्बोधन गर्दै हिन्दूहरुकाे एकतामा जाेड दिएका थिए । पूर्वराजाको भारत भ्रमणपछि नेपालका राजावादीहरुमा निकै ठूलो उत्साह देखिएको छ । भारतले पूर्वराजालाई उच्च सम्मान दिनुले ठूलो महत्व राख्ने राजवादीहरुको तर्क छ ।

भारत संगै नेपालमा पनि कोभिड-१९ को दोस्रो लहर चलिरहेको बेला कुम्भमेला बाट फर्कने सबै नागरिकलाइ भारत सरकारले १५ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने सुचना जारी गरेको छ । तसर्थ सोही कुम्भ मेलामा सहभागी भएर आएका पुर्व राजदम्पतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा नागरिक अभिनन्दन गर्दा नेपालमा कोभिड सुरक्षाको अबस्था के-कस्तो रहला आम जनमानसमा गुनासो चलिरहेको छ ।

प्रतिक्रिया