(बिहानीआवज संवाददाता)

बैशाख ४, काठमाडौ
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री के. पि. शर्मा ओलिले आह्वान गरेको सर्वदलिय बैठक साढे ११ बजे सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री के. पि. शर्मा ओलि, नेकपा एमालेको तर्फबाट पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री बिष्णु पौडेल र उपप्रधानमन्त्री इश्वर पोखरेल र राजन भट्टराईको उपस्थिति रहेको छ । तेस्तै नेपाली काङ्ग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, र बालकृष्ण खाड सहभागी भएका छन ।

बैठकमा जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला तेस्तै मजदुर किसान पार्टीका प्रेम सुवाल, जनमोर्चाका हिमलाल पुरि र राप्रपा बाट प्रकाश्चन्द्र लोहनी, सहभागी भएका छन । बैठकमा पछिल्लो राजनैतिक गतिविधि, बड्दो कोरोना संक्रमण र हिउदे अधिबेशन बन्द गरि बजेट अधिबेशन सुरु गर्ने सम्बन्धमा छलफल हुने । बैठकमा माओवादी केन्द्र र नेकपा एमाले माधवकुमार नेपाल पक्षका नेताहरु सहभागी भएका छैनन ।

यस अघि २०७७ मंसिर २७ गते प्रधानमन्त्री के. पि. शर्मा ओलिको अध्यक्षतामा बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो भने २०७७ चैत्र ३ गते शितलनिवासमा राष्ट्रपति बिद्यादेवि भण्डारीको आह्वान सर्वदलीय बैठक बसेको थियो ।