(सुमन थापा )

३० चैत्र, रामेछाप

प्रथम शहीद स्मृति फुटबल प्रतियोगिताको उपाधि सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले उचालेको छ । आइतवार दिउँसो १ बजे भएको खेलमा सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले अर्गानिक भिलेज नागीलाई २ गोलको अन्तरले हराएको हो । सेमिफाइलमा दिपशिखालाई ५–४ ले गोल अन्तरले हराउँदै सिनिपु फाइनल प्रवेश गरेको थियो भने लालिगुराँस युवा क्लब लखनपुरलाई ४–१ हराउँदै नागी क्लव फाइनलमा प्रवेश गरेको थियो ।

सिनिपुका जर्सी नं.११ का सुरेश खत्रीले खेलको ५५ औँ मिनेटमा गोल गरी जितको लागि खाता खोलेका थिए । सिनिपु कै जर्सी नं. ९ का ओम प्रकाश दनुवारले खेलको ६० औँ मिनेटमा गोल गरे संगै अर्गानिक भिलेज नागीलाई २ गोलको भार परेको थियो । तर जवाफी गोल प्रहार र्गन नसक्दा अर्गानिक भिलेज नागी उपविजेतामा नै सिमित हुन पुग्यो । त्यस्तै, खेलमा विजेता समूहकै खेलाडी ओम प्रकाश दनुवार सर्वोउत्कष्ट खेलाडीको घोषित भएका छन् ।

तेस्रो स्थान ओगट्न दिपशिखा ब्वाइज युवा क्लब मन्थली-२ सफल भएको छ । दिपशिखा ब्वाइज क्लबले, लालिगुराँस युवा क्लब लखनपुरलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । दिपशिखाका तर्फबाट २१ औ मिनेटमा जर्सी नं. ९ का सुनिल श्रेष्ठले गोल गरी पहिलो खाता खोलेका थिए । भने जर्सी नं. २३ निकेश कार्कीले खेलको २५ मिनेटमा गोल गरेका थिए, सोही टिमका जर्सी नं. ५ का जितेन कार्कीले ३४ मिनेटमा अर्को गोल सफल भएका थिए ।

चैत्र २४ गते देखि २९ गतेसम्म चलेको खेलमा १७ ओट टिमको सहभागिता रहेको थियो । खेलमा प्रथम हुने टिमलाई नगद रु एक लाख ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र, तेस्तै द्धितिय हुने टिमलाई नगद रु. १ लाख मेडल र प्रमाण पत्र, तृतिय हुने टिमलाइ नगद रु पचास हजार रुपैयाँ मेडल र प्रमाण पत्र र सान्त्वना पुरस्कार रु २० हजार र उत्कष्ट खेलाडीको लागि नगद रु ५ हजार सथै ट्रफी सहितको पुरस्कार राखिएको थियो ।